कालिकोटमा मलामी गएका १३ जना पहिरोमा परेर बेपत्ता भएकाको पुष्टि

कालिकोट : कालिको कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो ।

त्यस्तैगरी मलामी गएका मध्य १३ जना हराएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनु भएको छ । गाउँका अन्य घरहरु पनि पहिरोको जोखिममा परेकाले केही स्थानीयवासी कालिका माविमा आश्रय लिएर बसेको पनि प्रजिअ शर्माले बताउनु भयो। मौसम सुधार भएपछि हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गर्ने तयारी पनि गरिएको उहाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस