दाङ क्षेत्र नं. ३ मा गठबन्धनको नेतृत्व गर्दै कांग्रेसका नेता दिपक गिरीको उम्मेदवारी दर्ता

दाङ : दाङ क्षेत्र नं। ३ बाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता तथा पूर्वमन्त्री दिपक गिरीले प्रतिनिधि सभा चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आज दाङको तुलसीपुरबाट नेता गिरीले मनोनयन दर्ता गराएका हुन् । नेता गिरी नेपाली कांग्रेसका प्रभावशाली युवा नेता हुन् । नेता गिरी पूर्व सिचाई मन्त्री समेत भइसकेका छन् । उनि मन्त्री हुँदा पश्चिमदाङमा विकासले तिव्रता पाएको थियो । पश्चिमदाङका सडक, पक्कीपुल, कुला नाला पक्की भएका थिए । उनी सिचाई मन्त्री भएको बेला बृहत दाङ सिचाई आयोजना सुरु भएको हो ।

त्यस्तैगरी दाङ साविक क्षेत्र नं। ५ बाट २०७० सालको चुनावबाट जितेर उनि सिचाई मन्त्री बन्न सफल भएका थिए । तर २०७४ सालको चुनावमा दाङ क्षेत्र नं। ३ बाट हार व्यहोर्नु परेको थियो । उनि पराजित भएपनि जनताको माझमा अझै चर्चित मानिन्छन् । यसपटक गठबन्धनको नेतृत्व गर्दै दाङ क्षेत्र नं। ३ बाट चुनावी मैदानमा उत्रिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस