मुगुमा पहिरोमा परेर ५ जनाको मृत्यु, ११ जना बेपत्ता

मुगु : मुगुमा अविरल वर्षाका कारण छायाँनाथ रारा नगरपालिकामा तीन जनाको ज्यान गएको छ भने अन्य आठ जना बेपत्ता भएका छन् । छायाँनाथ रारा नगरपालिका–११ सालिममा पहिरोमा परेर तीन जनाको ज्यान गएको र आठ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । मृतक र बेपत्ता भएकाको पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ I

यस्तैगरी वडा नं ८ मा १० वटा घर पहिरोका कारण भत्किएको र त्यहाँको पूरै गाउँ पहिरोको उच्च जोखिममा रहेको छ चने छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ टोप्ला गाउँमा पहिरोले घर भत्किँदा २५ भेडासहित लाखौँको धनमाल नष्ट भएको छ । साथै पहिरोको उच्च जोखिम रहेकाले टोप्ला, सिगाडी र घुइर गाउँका धेरैजसो बासिन्दाहरु विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस