दाङको तुलसीपुरमा पानीमा डुबेर एक जनाको मृत्यु

दाङ : दाङको तुलसीपुर स्थित हात्तीखौवा नजिकै पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका –१ बयालेकोट निबासी ४४ बर्षका नुमप्रसाद भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो

स्थानीयले आज बिहान खाल्डोमा जमेको पानीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ । मादक पदार्थ सेवन गरेका कारण खाल्डोमा परेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस