दाङको निर्वाचन क्षेत्र नं. ३मा संघ र प्रदेश तर्फ ३५ जनाको उम्मेदवारी

दाङ : आगामी मंसिर ४ गते हुने प्रदेश र संघिय निर्वाचनाका लागि लुम्बिनी प्रदेशको दाङ जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा प्रदेश र संघिय तर्फ गरेर ३५ जनाको उम्मेदवारी परेको छ ।

नेकपा एमाले, नेकपा माओवादी, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएतका दलहरु समेत गरेर ३५ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

त्यस्तैगरी संघिय प्रतिनिधि सभाका लागि १७ जना र प्रदेश शभाका लागि १८ जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस