काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा परेको उम्मेदवारीको विरोधमा आज उजुरी दिन सकिने जनाएको छ। यसका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय रहेको आयोगले जानकारी दिएको छ।
‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ,’ आयोगले बताएको छ ।
त्यस्तै उम्मेदवारको विरुद्ध उजुरी, उम्मेदवारी फिर्तालगायतको कार्यक्रमपछि बुधवार अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।