दाङ – २ बाट एमाले महासचिव शंकर पोखरेलको उम्मेदवारी दर्ता

दाङ : लुम्बिनी प्रदेशको दाङ जिल्लामा आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनावमा दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

जिल्ला अदालत परिसर घोराहीमा रहेको निर्वाचन कार्यालयमा पुगेर पोखरेलले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहनु भएका पोखरेल आफैँ निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।

त्यस्तै प्रदेश सभा तर्फ ९१० मा एमालेकै बलिभद्र राना र ९२० मा गिरिराज केसीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस