अर्घाखाँचीको पाणिनी गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने


अर्घाखाँची : अर्घाखाँचीको पाणिनी गाउँपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ ।

गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिएका छन् । गाउँपालिकाको यही असोज १२ गतेको निर्णयअनुसार नयाँ भाडादरसहित एम्बुलेन्स सञ्चालनमा आएको हो ।

गाउँपालिकाले स्थानअनुसार रु पाँच सयदेखि रु एक हजार ५०० सम्म भाडा निर्धारण गरेको छ । पाणिनी गाउँपालिका– ५, ६, ७ र ८ देखि सन्धिखर्कसम्म रु दुई हजार, पाणिनी गाउँपालिका– १, २, ३, ४ र ५ को भर्तीपुरदेखि सन्धिखर्कसम्म तीन हजार, पाणिनी गाउँपालिकादेखि पाल्पासम्म चार हजार ५००, पाणिनी गाउँपालिकादेखि पाल्पा हुँदै बुटवलसम्म रु छ हजार ५०० र पाणिनी गाउँपालिकादेखि बुटवलसम्म रु पाँच हजार ५०० भाडा तोकिएको छ ।

अन्य स्थानको हकमा कच्ची बाटोमा प्रतिकिलोमिटर ८० र पक्की बाटोमा प्रतिकिलोमिटर ४० भाडा तोकिएको पालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस