विवेकशील साझा पार्टी लुम्बिनी प्रदेश समितिकोे सामूहिक राजनामा

रुपन्देही : विवेकशील साझा पार्टीको लुम्बिनी प्रदेश समितिका पदाधिकारीसहित अधिकांशले दिनुभएका छन्।:

तत्कालिन अध्यक्ष रवीन्द्र मिश्र हालै राप्रपा प्रवेश गरेसँगै उनीहरुले सामूहिक राजीनामा दिएका छन् । समितिले लुम्बिनी प्रदेशका जिल्ला, गाउँ, नगर लगायत सबै समिति खारेज गरेको पनि बताएको छ ।

पूर्व अध्यक्ष मिश्रले पार्टी परित्याग गरेपछि पार्टीका नेताहरुले छलफल नै नगरी ‘विचार भन्दा माथि देश’ दस्तावेज खारेज गरेकोप्रति असहमति जनाउँदै सामूहिक राजीनामा गरिएको पार्टीका लुम्बिनी प्रवक्ता केशवराज खनालले बताए ।

प्रदेश समिति संयोजक अनुपमान सैंजु, संगठन विभाग प्रमुख मधुसुदन केसी, प्रवक्ता केशवराज खनाल, कोषाध्यक्ष डा। अमित केसी लगायत ३१ जनाले राजीनामा दिएका छन् । राजीनामा दिएकामध्ये अधिकांश राप्रपामा जाने तयारीमा रहेको एक पदाधिकारीलेजानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस