इटहरी उपमहानगरपालिका पूर्वमेयर द्वारिकलाल माओवादी केन्द्र प्रवेश गर्ने


सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने हुनु। भएको छ उहा नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत हुनुन्छ।

चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको कुरा सत्य भएको बताउनु भयो । सांसदको टिकट पाउने नपाउने भन्ने विषय २३ गतेपछि थाहा हुने बताउँदै उहाले भने, ‘तर माओवादी प्रवेश गर्न लागेको कुरा सत्य हो।’

चौधरी भोलि माओवादी अध्यक्ष प्रचण्डको हातको टीका लगाएर प्रवेश गर्ने तयारीमा रहनु भएको छ स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस