सल्यान : सल्यानको कुमाख गाउँपालिका ७ जिमालीमा भएको जिप दुर्घटनामा परी घाइते भएकाहरुको पहिचान खुलेको छ। दुर्घटनामा घाइते भएका १७ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भएको।
उनका अनुसार घाइते हुनेमा जिप चालक सल्यान कुमाख गाउँपालिका ३ चिनालीका अन्दाजी २३ वर्षीय अर्जुन मगर, वडा न ७ का १५ वर्र्षीय तिलक गोसाई, ४९ वर्षीय गंगबहादुर पुन, २३ वर्षीया अनिता पुन, उहाँको ६ वर्षीय छोरा जीवन पुन, २० वर्षीया झुपा पुन, ३६ वर्षीया शुसिला पुन रहेका छन्।
यस्तै, कुमाख गाउँपालिका ३ चिनालीका ४१ वर्षीय दन्नी ओली, राम्रीकी १९ वर्षीया रूपा रावत, २० वर्षीय लोकेन्द्र ओली, वडा न ७ डुमकोटका २ वर्षीय सन्देश पुन, हेमराज पुन,१५ वषीय भरत पुन, ३६ वर्षीया भूमि पुन, अन्दाजी २३ वर्षीया सुनिता बोहरा पुन मगर , उहाँको ६ महिनाको छोरी र जिमाली ७ बस्नेत १३ वर्षीया प्रतिभा पुन रहेका छन्।
घाइते १६ जनाको बागचौर स्थित जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिनकमा उपचार भइरहेको छ भने गम्भीर घाइते सुनिताको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको उहालेले बताए।
शनिबार बिहान साढे ८ बजे कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप शनिबार बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको थियो।
दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको थियो।