जिल्ला प्रशासन बैतडीको १५ दिनभित्र हातहतियार बुझाउन उर्दी

बैतडी : आसन्न निर्वाचनलाई मध्यनजर गरेर बैतडीमा हातहतियार बुझाउन उर्दी जारी भएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर हातहतियार १५ दिनभित्र बुझाउन उर्दी गरेको हो।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नका लागि हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिन् भएको छ ।

इजाजत प्राप्त गरी व्यक्तिगत रुपमा राखिएका सबै हातहतियारहरू नजिकको प्रहरी इकाइमा बुझाउन प्रशासनले अनुरोध गरेकोछ ।

बुझाइएका हातहतियार निर्वाचनपछि फिर्ता गरिने गरिइनेछ । १५ दिनभित्र हातहतियार नबुझाउनेलाई कानून अनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस