पारासिटामोल अभाव नभएको स्वास्थ्य मन्त्रालय दाबी

काठमाण्डौ: स्वास्थ्य मन्त्रालयले पारासिटामोलको अभाव नभएको दाबी गरेको छ । देशभर डेङ्गी फैलिएको र बिरामीले सिटामोल नपाएको गुनासो गरिरहँदा मन्त्रालयले दावी गरेकोछ ।

मन्त्रालयले पारासिटामोलको अभाव नभएको र काठमाण्डौ उपत्यकाका सरकारी अस्पतालमा पारासिटामोल निःशुल्क वितरण गरिएको बताएको छ ।

मन्त्रालयले निकालेको विज्ञप्तिमा विभिन्न औषधि तथा भण्डारण केन्द्रहरुमा औषधि भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको उल्लेख छ ।

निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई पारासिटामोलको उत्पादन र आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण पनि भइरहेको मन्त्रालयले जानकारी ।

प्रतिक्रिया दिनुहोस