सल्यान : सल्यानमा अवैध घरेलु मदिरा वरामद गरिएको छ । सल्यानो जिल्लाको बागचौर नगरपालिकामा प्रहरीद्वारा अवैध घरेलु मदिरा र मदिरा बनाउन तयारी कच्चा पदार्थ वरामद गरि नष्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख प्र।नि। कनक शाहीका अनुसार चाडवाडका क्रममा मदिराका कारणले हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै मदिरा नष्ट गरिएको बताए ।
। शाहीका अनुसार नगरको वडा नं २ खरिबोट बजार बाट २५० लिटर र वडा नं ५ को बाँङ्गेलाकुरी बजार बाट मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ सहित ५५० लिटर नष्ट गरिएको छ । मदिरालाई जनप्रतिनिधि तथा स्थानीयको रोहवरमा नष्ट गरिएको हो ।
प्रहरीले सर्वसाधारणलाई मदिरा प्रयोग नगर्न तथा जनचेतनामुलक सुझाव पटक(पटक दिईरहेको छ ।