पाल्पा: पाल्पाको रैनादेवी छहरा वडा नं ४ मा जीप दुर्घटना भएको छ। बुटवलबाट यात्रु लिएर जुठापौवा जाँदै गरेको लु १ ख १४३१ नम्बरको जीप भैरव मावि छहराको निमार्णधीन भवन माथि दुर्घटना भएको मुझुङ प्रहरीले जानकारी दिएको
दुर्घटना आज बिहान करिब ५ बजे जीप दुर्घटना भएको हो। जीपमा ११ जना यात्रु रहेको र २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी मुझुङले बताएको छ
उक्त जीप राती १२ बजे बुटवल बाट जुठापौवाको लागि हिंडेको जीप के कारणले दुर्घटना भयो भन्ने बारे खुलेको छैन।