उम्मेद्वारी छनोटका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं : पहिलो हुने विजयी बन्ने निर्वाचनका लागि उम्मेदवार तय गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्ने एमालेले जानकारी दिएको छ ।

असोज १६ भित्रै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने विजयी हुने निर्वाचन प्रणालीमा सहभागी हुने उम्मेदवारको टुंगो लगाउने बताउँदै आएको एमालेको बैठकले उम्मेदवारीका विषयमा निर्णय लिने जनाएको छ

बैठक दिउँसो ३ बजे बस्नेछ। निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनको समय निर्धारण गरेको छ।

प्रतिक्रिया दिनुहोस