सल्यानमा जीप दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान भयो

सल्यान : सल्यानको कपुरकोटमा बिहे खाएर फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका – ९ ढकेरीबाट बिहे भोज खाएर मंगलबार बेलुका ७ बजेतिर सल्यानका लागि हिडेको रा १ ज ५६३ नम्बर डबल क्याप गाडी सल्यानको कपुरकोट गाउँपालिका – ३ बनस्पति नजिक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको सल्यान प्रहरीले बताएको ।
जीप सडक बाट १५० मि तल खसेको हो। प्रहरीका अनुसार मृतक र घाईतेको पहिचान खुलेको छ ।

त्यस्तैगरी मृत्यु हुनेमा चालक कोपुरकोट गापा ६ जलबाँङ बस्ने बर्ष २१ को जित बहादुर बोहोरा घटना स्थलमै मृत्यु भएको । कपुरकोट ६ बस्ने बस्ने बर्ष ३७ का धर्मा ओली, बर्ष ४० का टोप बहादुर ओली उनका छोरा वर्ष ११ का बसन्त ओली , बर्ष ३० का सुरेश खत्री, वर्ष ७० का खुमलाल ओली, वर्ष ५५ कि कुमारी ओली,कपुरकोट ५ बस्ने वर्ष ३५ का ललित ओली को घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा सल्यान कपुरकोट गा पा ६ जलबाँङ बस्ने बर्ष ३५ को तिलक ओली रहेका छन । घाईते ओलिको उपचार अहिलेतुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा भैरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस