भोली बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने (हेर्नुहोस पूर्णपाठ)

काठमाडौं : निर्वाचन आयोगले बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ ।

‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ ।

आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो ।

क–कसलाई लाग्छ आचारसंहिता ?

राजनीतिक दलदेखि विभिन्न सरकारी तथा गैरसरकारी निकायदेखि मतदातासम्मका लागि आचार संहिता लागु हुन्छ । निर्वाचन आयोगले तयार गरेको आचारसंहिता निम्न व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई लागु हुने व्यवस्था छ I

– नेपाल सरकार र नेपाल सरकारका मन्त्री I
– प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री I
– संवैधानिक निकाय र सो निकायका पदाधिकारी I
– नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी I
– स्थानीय कार्यपालिका र सोका सदस्य I
– संघ, प्रदेश र स्थानीय तहका कर्मचारी I
– सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी I
–सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी I
– राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन I
– उम्मेदवार तथा सम्बन्धित व्यक्ति I
– राजनीतिक दल तथा उम्मेदवारको मतदान I
– प्रतिनिधि तथा मतगणना प्रतिनिधि I
– सार्वजनिक पद धारण गरेको व्यक्ति I
– अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता I
– पर्यवेक्षण संस्था तथा पर्यवेक्षक I
– सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी I
– निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी I
– विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी I
– विकास साझेदार संस्था I
– सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी I
– मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी I
– निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार I
– वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, र आयोगले तोकेका अन्य निकाय वा व्यक्ति ।

राजपत्रमा प्रकाशन भएको निर्वाचन आचारसंहिताको

https://drive.google.com/file/d/1uj6EuRhnGkZGsu-NVKHZOID1qrUrjvjR/view

प्रतिक्रिया दिनुहोस