बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले ३.१ गोलले जित्यो

काठमाडौं : राजधानी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल नेपालले ३(१ गोलले जितेको छ।

अन्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले पहिलो हाफमै ३ गोलको अग्रता लिएको थियो। अन्जनले पहिलो हाफको १८औं, २७औं र ३८औं मिनेटमा गोल गरेका थिए।

बंगलादेशले गोल फर्काउन निकै कसरत गरे पनि १ गोलमात्र गर्न सक्यो। बंगलादेशका सजाद होसेनले एक गोल फर्काए। उनले ५५ औं मिनेटमा गोल गरी बंगलादेशलाई ३(१ को स्थितिमा ल्याएका थिए।

ह्याट्रिक गरेसँगै फरवार्ड अन्जन विष्ट नेपालका लागि अन्तरराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी भएका छन्। नेपालका लागि अन्जनले आजसमेत गरेर १० गोल गरेका थिए।

यसअगाडी नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस