दाङ : दाङको तुलसीपुरमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर ११ कटाहा निवासी ५९ वर्षीय कृष्णा रोका मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिएका छन् ।
उनका अनुसार आज मंगलबार दिउँसो २ बजेको समयमा आफ्नो घर नजिकै रहेको बोकाईनोको रुखमा चडेर घास काट्ने क्रममा चिप्लीएर लड्दा उहाँ गम्बिर घाइते हुनु भएको थियो । घाइते रोका मगरको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको मल्लले बताएका छन्।