काठमाडौं : सिक्लेस हाइड्रोपावरले सर्वसाधारणको लागि जारी गरेको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान बाँडफाँट गरेको हो।
कम्पनीले भदौ २९ गते देखि असोज २ गतेसम्म १० लाख ५८ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको समेत ११ लाख ५० हजार कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा वितरण गरेको थियो । कुल कित्तामध्ये ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीहरूको लागि र ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको थियो ।
कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता शेयरको लागि आवेदन परेको थियो। आवेदन दिएका मध्ये १ लाख ५ हजार ८सय जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने आवेदन गर्ने १४ लाख ६ हजार ७३७ जना आवेदकको हात खाली भएको छ।