टरिगाउँ एयरपोर्टको लागि आवश्यक पर्ने जग्गाको प्रकृया अगाडि बढाईने

दाङ : दाङको टरिगाउँ एयरपोर्ट विस्तारका लागि आवश्यक पर्ने जग्गाको लागि प्रकृया अघि बढाईने भएको छ । स्तर वृद्धिका लागि आवश्यक पर्ने १९ सय मिटर जग्गा भोगचलन गर्नका लागि सम्बन्धित निकायसंग समन्वय गरेर प्रकृया अगाडि बढाईने भएको छ ।

डिभिजन वन, नापी कार्यालय, तुलसीपुर उपमहानगरपालिका, स्थानीय सामुदायिक वन, जिल्ला प्रशासन कार्यालय, कपास विकास समितिसंग जग्गा उपयोगका लागि समन्वय गरिने भएको छ।

टरिगाउँ विमानस्थल विस्तार सहयोग समितिको तुलसीपुरमा सम्पन्न पहिलो बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी बैठकले एयरपोर्टमा भएको झाडी र फोहर सरसफाई गर्ने र १९ मिटर जग्गा एकिनका लागि प्राविधिको टोलीको सहयोग लिने निर्णय समेत गरेको छ ।

त्यसका लागि समितिका संयोजक स्यानी चौधरीको अध्यक्षतमा बसेको बैठकमा तुलसीपुर उद्योगबाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, पूर्व अध्यक्ष बिमल रिजाल, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव बिनिल केसी लगाएतले नेताहरुमा एक रुपता नहुँदा एयरपार्टको विस्तार हुन नसकेको बताएका छन् । अहिले जहाज बस्ने धावन मार्ग साढे सात सय मिटर रहेको छ

प्रतिक्रिया दिनुहोस