गोरखा : गोरखाको मनास्लु हिमालको बेस क्याम्पमा हिमपहिरो गएको छ।
पहिरोमा एक जनाको ज्यान गएको छ भने अन्य १५ जना घाइते भएका छन्र। ८ हजार १ सय ६३ मिटर अग्लोे मनास्लु हिमालको ३ र ४ नम्बर बेसक्याम्पको बीचमा हिमपहिरो गएको हो।
चुमनुव्री गाउँपालिका–१ का वडाध्यक्ष छेवाङ लामाका अनुसार मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा आज मध्यान्ह १२ बजे अक्सिजनलगायत सामग्रीहरु बोकेर आधार शिविर पुगेकाहरु हिमपहिरोमा परेका हुन् ।
उनका अनुसार त्यस क्षेत्रमा बिहानैदेखि मौसम खराब भएका कारण उद्धारमा समस्या भइरहेको छ ।
उद्दारका लागि तीन वटा हेलिकप्टर सो क्षेत्रमा पठाएको हो ।