डा शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने

काठमाडौं : नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ ।

आज ठमेलस्थित यात्री होटलमा भएको बैठकले बुधबार पार्टी केन्द्रीय कार्यालयमा एकघन्टा धर्ना दिने निर्णय गरेको हो । साथै, बैठकले असोज १२ गतेदेखि १४ गतेसम्म पार्टी नेतृत्वलाई खबरदारी गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरेको छ।

त्यस्तैगरी असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने, असोज १३ गते बत्तिसपुतलीमा चियापान तथा विरोध सभा गर्ने र असोज १४ भित्र समानुपातिक उम्मेदवारको सूची सच्याउन नेतृत्वसँग माग गर्ने निर्णय भएको एक नेताले जानकारी दिएका छन् ।

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकमा निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस