काठमाडौं: कोरोना भाइरसको सङ्क्रमण देशभर ७४ जनामा देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा चार हजार एक सय २६ जनाको परीक्षण गर्दा ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
आज एक सय १६ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन्। निको हुने प्रतिशत ९८।७ प्रतिशत रहेको छ।
त्यस्तैगरी एक जनाको सङ्क्रमणले निधन भएको छ। अहिलेसम्म सङ्क्रमणका कारणले १२ हजार १७ जनाको निधन भइसकेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ८३ पुगेको छ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ । यस्तै १५ जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ।
होमआइसोलेशनमा एक हजार दुई सय ३४, संस्थागत आइसोलेशनमा ४९ र सघन उपचारकक्ष ९आइसीयू०मा १० जनाको उपचार भइरहेको छ। विगत २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप कसैले पनि नलगाएको मन्त्रालयले जानकारी दिएको छ ।