गठबन्धन सरकारले चुनावमा धाँधली गर्न खोजिरहेछ : केपी शर्मा ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले आगमी निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाउनु भएको छ ।

धनुषामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धनले धाँधली गर्ने योजना बनाएको बताउनु भयो।

साथै उनले गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा भइरहेको पनि बताउनु भयो।

प्रतिक्रिया दिनुहोस