गहते खोलाले कटान गरेको सडकको निर्माण कार्य सुरु

तुलसीपुर, ८ असोज । तुलसीपुर – बाघमारे सडक खण्ड अन्तर्गत गहते खोलामा आएको बाढीले कटान गरेको सडकको निर्माण कार्य सुरु भएको छ । निर्माण कार्य भैरव निर्माण सेवाले सुरु गरेको हो । सडक पूर्वाधार विकासको ९ लाख लागत र तुलसीपुर उपमहानगरपालिकाले ढङ्गा र बालुवा उपलब्ध गराउने सहमतिमा निर्माणको काम सुरु भएको निर्माण सेवाका सप्रोप्राईटर निमबहादुर गुरुङले जानकारी दिएका छन् ।

सकरभर दशै अघि निर्माण कार्य सक्नेगरी काम सुरु गरेपनि जाली लगाउनका लागि खनिएको फाउण्डेसनमा पानी नुसक्ने भएकाले कठिनाई भइरहेको निर्माण कम्पनीले बताएको छ । गएको साउन ९ गते गतहतेखेलामा आएको बाढीले कटान गरेको सडक निर्माणमा सम्बन्धित पक्षले ढिलाई गरेको भन्दै सामाजिक संजालामा चर्को बिरोध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस