सिटिजन्स बैंकले ९% प्रतिशत बोनस दिने

काठमाडौं : सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश दिने भएको छ । गत आर्थिक वर्षसम्ममा संचित नाफाबाट बैंकले सो बराबरको लाभांश दिन लागेको हो ।

बैंकको असोज ६ गते बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । बैंक संचालक समिति बैठकले गरेको सो निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने भएको छ ।

त्यस्तैगरी बैंकले प्रदान गर्ने लाभांश नगद लाभांश हो । अघिल्ला वर्षहरुमा बोनस सेयरमा जोड दिएका बैंक तथा वित्तीय संस्थाहरुले यसवर्ष भने नगद लाभांश वितरणलाई प्राथमिकतामा राखेका छन् । बैंकले प्रदान गर्ने नगद लाभांशबाट नै कर रकम काटिनेछ ।

बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ छ । बैंकले सो चुक्ता पुँजीको ९ प्रतिशतका दरले हुन आउने रकम १ अर्ब २७ करोड रुपैयाँ वितरण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस