दाङमा राष्ट्रिय सांस्कृतिक सङ्गोष्ठी सुरु

दाङ दाङको घोराहीमा दुई दिने राष्ट्रिय सांस्कृतिक सङ्गोष्ठी आजदेखी सुरु भएको छ । नेपाल संस्कृत विश्व विद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र बेलझुण्डी दाङको आयोजनामा सांस्कृतिक सङ्गोष्ठी सुरु भएको छ ।

नेपाल संस्कृत विश्व विद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र बेलझुण्डी दाङका शिक्षाध्यक्ष प्राध्यापक डा।भिमप्रसाद खतिवडाको अध्यक्षता तथा उपकुलपति यादवप्रसाद लामिछानेको प्रमुख आतिथ्यता कार्यक्रम सुरु भएको हो ।

त्यस्तैगरी सङ्गोष्ठी कार्यक्रममा देशभरका विभिन्न व्यक्ति तथा समुदायहरुको सहभागिता रहेको छ । त्यसअबसरमा आज ६ जनाले कार्यपत्र प्रस्तृत गर्नुभएको छ । कार्यपत्र मार्फत नेपाली लोक संस्कृतिका महत्वपूर्ण विषयलाई उजागर गर्ने उदेश्य राखिएको छ ।

दुई दिने कार्यक्रम सफल पार्नेका लागि घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज काठमाण्डौ र दाङ जिल्ला उद्योग वाण्ज्यिसंघले सहकार्य तथा सहयोग गरेका छन् ।।

प्रतिक्रिया दिनुहोस