कवाड खरीद बिक्रिमा ध्यान दिन दाङ प्रहरीको अपिल

दाङ : दाङको घोराहीमा कवाड संकलनमा ध्यानदिन सचेत गराईएको छ । चोरीका सामान कवाडमा बिक्रि हुने जस्ता गुनासाहरु नागरिकबाट आउने हुँदा सजगताका लागि सम्बन्धित सबै राखेर सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिका वडा नं।१४ स्थित वडा प्रहरी कार्यालयको कार्यालयमा कार्यक्रम गरीचोरीका बस्तु वा सामान बिक्रि गर्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको हो । अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका हुने हुँदा समुदायमा शंका लागेका विषयमा प्रहरीलाई समयमै जानकारी दिएर सहयोग गरिदिन पनि आग्रह गरिएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक गजेन्द्र शाहीले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालयले राप्ती कवाड व्यवसायी समितिको समन्वमा कवाड व्यवसायी समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधी, टोल विकास संस्थाका पदाधिकारी, युवा क्लबका प्रतिनिधिलगायत सरोकार सबैलाई राखेर कवाडका बस्तु खरीद बिक्रिमा ध्यान दिन तथा समुदायमा सचेतना फैलाउने कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस