नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४.२१ प्रतिशत लाभांश दिने

काठमाडौंः नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीहरुलाई ४।२१ प्रतिशत लाभांश दिने घोषण गरेको छ ।

बैंकले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा संचित नाफाबाट सो बराबरको नगद ४।२१ प्रतिशत लाभांश दिने भएको हो ।

बैंक संचालक समिति बैठकले सेयरधनीलाई सो बराबरको नगद लाभांश दिने निर्णय गरेको छ ।

संचालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत र निफ्राको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ । निफ्राले दिन लागेको यो नगद लाभांशबाट नै कर काटिनेछ ।

प्रतिक्रिया दिनुहोस