दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना सख्त घाइते भएका छन् ।

मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घटनास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले जानकारी दिनुभएको छ ।

मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म१ज २३३ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताउ भयो।

तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस