भुटानी शरणार्थीको हत्या संलग्नमा ९ जना प्रहरी नियन्त्रणमा

झापा: झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ४६ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनामा उनीहरुको संलग्नता खुलिसकेको इलामका प्रहरी उपरीक्षक दिलिप घिमिरेले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। उनीहरुको नाम, थर र ठेगानासहित अहिलेसम्म खुलेका तथ्य भोलि सार्वजनिक गरिने घिमिरेले बताएका छन्।

हिजो बुधबार दिउँसो खुकुरी प्रहारबाट गुरुङको मृत्यु भएको थियो। झापा र इलामको सीमा नजिक पर्ने रतुवाखोलाको पुलमा गुरुङमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेका थिए। गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेको थियो।

उनको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा हिजै साँझ मृत्यु भएको हो। व्यक्तिगत रिसिबीका कारण हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक आँकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस