लाभग्राहीको सामाजिक सुरक्षा भत्ता नाबालक छोराको खातामा

काठमााडौं : लाभग्राहीको सामाजिक सुरक्षा भत्ता आफ्नै नाबालक छोराको खातामा जम्मा गर्ने कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

जुम्लाको चन्दननाथ नगरपालिकाका पञ्जीकरण शाखा प्रमुख खरिदार राजेन्द्र बहादुर भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

भण्डारीले आर्थिक वर्ष २०७४र७५ देखि आर्थिक वर्ष ०७६र०७७ सम्म लाभग्राहीको खातामा जम्मा गर्नुपर्नेमा कार्यालयको नामबाट बैंकलाई पत्र आफैँ लेखी छोराको खातामा रकम जम्मा गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार भण्डारीले २० लाख ७८ हजार ६ सय रुपैयाँ आफ्नो तथा नाबालक छोराको व्यक्तिगत खातामा जम्मा गरेर पटकपटक आफैँले नै भुक्तानी लिएको पाइएको छ।

अख्तियारले उनीमाथि हिनामिना गरेको रकम बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी सहित आज आरोपपत्र दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस