दाङ : दाङमा बच्चा जन्मेपछि बलात्कार मुद्दामा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १२ वनकट्टी निवासी ५० बर्षका नन्दलाल कुँवर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए।
बच्चा जन्मेको ९ दिनपछि सोमबार प्रहरीमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। कुँवरले २०७८ माघ २७ गते राति आफ्नै नाता पर्ने १६ बर्षकी किशोरीलाई घरमा बलात्कार गरेको उजुरीमा उल्लेख छ।
बलात्कारपछि किशोरीले गएको भदौ २५ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बच्चा जन्माएकी थिइन्।
७ महिनामै बच्चाको जन्म भएकाले उनको आइसीयुमा राखेर उपचार भइरहेको प्रहरीले बताएको छ। पक्राउ परेका कुँवरविरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।